Wednesday, July 30, 2014

समाचार र शिर्षक एउटै तर छुट्टाछुट्टै पत्रिकामा दिनदिनै फरक बाईलाईन


‘पत्रकार’ भन्नाले छापा, विद्युतीय तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका संचारमाध्यम वा समाचारमूलक कार्यक्रम उत्पादन, वितरण गर्ने, एजेन्सी वा संस्थामा समाचार सामग्रि संकलन उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलका सदस्यहरू, संवाददाता, स्तम्भ लेखक, स्वतन्त्र पत्रकार, फाटो पत्रकार, प्रेस–क्यामेरा पर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता तथा संचालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित संचारकर्मीहरूलाई जनाउँछ ।
                                                                                                   - पत्रकार आचारसंहिता २०६० 

तर पत्रकार आचारसंहिताले अर्काले लेखेको समाचार हु बहु सारेर पत्रिका वा अनलाईनमा छाप्ने वा रेडियो टिभिमा पढ्नेलाई पत्रकार मानेको छैन । चाहे त्यो पत्रकार होस् या प्रशिक्षार्थी पत्रकार । 

Sunday, July 13, 2014

एक दशक सुस्ताएको पोखरेली रंगमञ्च फेरी जुर्मुराउँदै !

लामो समय सुस्ताएको पोखरेली रंगमञ्चमा पछिल्लो समय फेरी पालुवा पलाएको छ ।
पोखरामा असार ६, ७ र ८ गते मात्रै पुरु लम्सालको लेखन तथा निर्देशनमा लगातार ३ दिनसम्म मञ्चन भएको नाटक अर्को ओरालोले कुनैबेला नाटकको शहरका रुपमा परिचित पोखरालाई फेरी ब्युँझाउने प्रयास गर्यो ।

Tuesday, June 17, 2014

कुनैबेला निकै चलेका पोखरेली लोक कलाकार अहिले के गर्दैछन् ?


पाईन खबर घर फर्कि आउनुहोस् मेरो हजुर, फूलको बासना लगायतका लोकप्रिय गितकै कारण कुनैबेला नेपाली लोकसंगितको क्षेत्रमा वर्चस्व जमाएकी लोकगायिका हरिदेवी कोईरालाको आवाज हिजोआज कमै सुनिन्छ ।
गितसंगितको फेरिँदो शैलिसँगै क्षेत्र समेत फराकिलो बन्दै गएपछि, अहिले पुराना भन्दा नयाँ कलाकार अघि छन्, लोकसंगितमा । गाउँघरका लोकभाकालाई टपक्कै टिपेर नेपाली जनजिव्रोमा पुर्याउन सफल कोईराला हिजोआज साहित्यिक क्षेत्रमा बढी तल्लिन हुनुहुन्छ ।

Monday, June 9, 2014

४ बर्षअघि यसरी लुटे भुस्तिघ्रेले

"म जबरजस्ति अगाडी बढ्न खोजेँ, ‘छैन मसित पैसा, के को पैसा ....... ।’ अर्कोले भन्यो ‘ओई साले पैसा दे भनेको सुनिनस् ।’ अब चाहिँ बित्यास पर्यो भनेर हिँडाईको चाल बढाउन खोजेँ । दुईजनाले पछाडीबाट च्याप्प हात समाईहाले ।"

Tuesday, June 3, 2014

ट्विटर चलाउँदा लिचीको स्वाद निःशुल्क !

अहिले लिचीको मौसम । लिची मन नपर्ने सायद कमै होलान् । तर अमिलो अमिलो मिठ्ठो स्वादको लिची सबै ठाउँतिर फल्दैन । बिशेषगरी नेपालको तराई क्षेत्रमा बढी फल्ने लिची यसबर्ष भने अत्यधिक महंगो भएको छ । तर ट्विटरमा भने लिचीको स्वाद निःशुल्क चाख्न पाईन्छ ।