कुनै शब्द नै भेटेको छैन, के लेखुँ र के बोलुँ, तर जबरजस्ती लेख्दैछु । हिजो र आजको बिहान साढे ९ बजे कास्कीका लागि प्रलयकारी विनाशको एक क्षण बन्यो । हिजो बिहानैदेखि कास्कीको खारपानी क्षेत्रमा खटिँदा देखिएका ति दृश्यपछि र आज बिहान एकाएक मोबाईलको घण्टी बज्न थालेपछि, एकछिन स्तब्ध नै बनेँ । लाग्यो, म सधैँ मर्नदेखि डराउँथे तर डराउनुको कुनै तुक नै नरहेछ । हिजोको दिन र खारपानी क्षेत्र त ईतिहास नै बन्यो ।
तर आज बिहानको क्षण चाहिँ ताजै छ मस्तिष्क वरिपरि । फोन आयो “धितालमा गाडी पल्टिएर १०/१२ जना मरे अरे”, त्यहि क्षेत्रको बासिन्दा भएकाले घरवरिपरी फोन गर्न खोजेँ सम्पर्क भएन । मन अत्तालिन थाल्यो ।
बिहान आफैंपनि मिलनचोकसम्म पुगेर फर्किएको थिएँ, एक मन त घर पुगेरै फर्किन्छु भन्ने लाग्यो । तर त्यो कहालीलाग्दो क्षणमा पर्न नलेखेको रहेछ । फर्केर पोखरा नै आएँ । पोखरा फर्किनासाथ एकपछि, अर्को गर्दै मोबाईल बज्न सुरु भैसकेको थियो । पुलिसलाई फोन गरेँ, “ए हजुर टोली पुग्दै छ भन्यो”, लाग्यो सामान्य दुर्घटना रहेछ । दगुर्दै अफिस पुगेँ, सबैलाई ताजा समाचार सुनाएपछि, छिट्टै उद्दार हुन्छ कि भनेर । फेरी मोबाईलको घण्टी बज्यो “७ जना मरिसके अरे ५ जना घाईते छन्”, भनेर ।
झनै अत्तालिएँ, गाउँकै एकजना स्थानीयसँग प्रत्यक्ष टेलिफोन वार्ता गरेँ रेडियोबाटै प्रत्यक्ष । तर आफन्त चाहिँ कोही परेनछन् । अनि जिन्दगी यस्तै रहेछ भनेर मन बुझाएँ । हिजोका ति दृश्य खेलिरहेका थिए, आँखा वरिपरि । प्रधानमन्त्री आएका छन्, जानुपर्ने भयो भनेपछि, लागेँ त्यतैतिर । यसभन्दा अगाडी त्यस क्षेत्रमा नपुगेको भएपनि, तस्बिरका पाना पल्टाएरै ईतिहास हेर्न मन लाग्यो ।
आजपनि पुग्न त पुगेँ, उपलब्धि केहि भएन । कहिल्यै सडक जाम र हजारौं मानिसले एकैपटक नकुल्चेको त्यो सडक पनि मेरो मन आत्तिएझैं आत्तिएको अनुभव भयो एकछिन् । तर कहिल्यै नफर्किने गरी उजाडिईसकिएको थियो, तातोपानी कुण्ड र सार्दीखोलाको खारपानी क्षेत्र । हिजो पहिलो पटक र आज दोश्रो पटक पुगेपछि, उजाड बगरलाई क्यामरामा कैद गरेँ अनि फर्किएँ ।
यो त मैले गरेको अनुभव मात्रै हो, अरु कुरा त तपाईं म भन्दा धेरै अगाडी हुनसक्नुहुन्छ, पक्कै थाहा पाईसक्नुभयो । कृपया पढिसकेपछि, प्रतिक्रिया दिनुहोला । फेसबुकमा भेट्नुहोस् ।

हो त नवराज सर शनिबार र आइतबार कास्कीका लागि निकै दुःखद दिन बने । जान पाईन तर तपाईहरुले ल्याउनुभएका बिबरण र फोटाहरुले मलाई त्यस क्षेत्रको पिडा महशुस भैरहेको छ ।
ReplyDeletemalai pni dherai nai dukh lagi raheko chh....sapana ho ki jasto lagx samjhada kheri...kass yo sapana nai vayeko bhaye.
ReplyDelete