त्रिभुवन विश्वविद्यालयले जेठ १८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गरेपछि, विभिन्न सामाजिक सञ्जालमा थुप्रै टिकाटिप्पणी भैरहेका छन् । एमाओवादी निकट अखिल क्रान्तिकारीसहितका एक दर्जन विद्यार्थी संगठनले सक्रिय चुनाव बहिस्कार गर्ने निर्णय गरेपछि त्रिभूवन विश्व विद्यालयले चुनाव स्थगित गरेको जनाएको छ । स्ववियू चुनाव स्थगित भएपछि, ट्विटरमा के के भयो त ? हेरौं सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरिएका केही प्रतिक्रियाहरु ।
स्ववियू चुनाव स्थगित भएपछि विभूषण खनाल यसरी ट्विट गर्नुहुन्छ ।
स्ववियू चुनाव स्थगित भएपछि विभूषण खनाल यसरी ट्विट गर्नुहुन्छ ।
स्ववियु चुनाव जतिसुकै स्थगित होस् बाल मतलब तर हमाल ठुलाबाको बिहे यसपालि पनि सर्यो भने म त पागलै हुन्छु होला।
जय हमाल जय नेपाल!
हे......इइ !!
— विभुषण खनाल (@evergreen_atoll) May 23, 2014
अर्जुन सुवेदीको ट्विट
त्रिभुवन विश्वविद्यालयले फेरि स्ववियु निर्वाचन स्थगितको घोषणा गरेछ। चुनाव गराउने आँट नभएसम्म त घोषणै नगर्नूनि। नालायकहरु।
— ARJUN SUBEDI (@arjundristi) May 23, 2014
संघर्ष पन्तको ट्विट
लौ त्रिभुवन विश्वविद्यालयले स्ववियुको चुनाव सार्ने रे सँगै स्नातक तेस्रो वर्षको नि परिक्षा सार्ने कुरो छ रे,फेरि बौलायो त्रिवि
— sangharsha panta (@Sangharsha_P) May 23, 2014
दिपेन लेख्नुहुन्छ ।
स्ववियु चुनाव विद्दार्थी राजनितिकाे एउटा महत्वपुर्णा चरण हाे । त्यसैले पनि चुनाव हुन जरूरि छ । तर कसैलाइ निषेध गरेर हेाइन, सबैलाइ समेटेर ।
— Dipesh isan (@dipeshisan) May 20, 2014
विमोचन घिमिरे
त्रिभुवन विश्वविद्यालयले १८ जेठ गर्ने भनिएको स्ववियु चुनाव स्थगित गरेको छ ।
— ©बिमोचन घिमिरे (@bmochang) May 23, 2014
No comments:
Post a Comment