अहिले लिचीको मौसम । लिची मन नपर्ने सायद कमै होलान् । तर अमिलो अमिलो मिठ्ठो स्वादको लिची सबै ठाउँतिर फल्दैन । बिशेषगरी नेपालको तराई क्षेत्रमा बढी फल्ने लिची यसबर्ष भने अत्यधिक महंगो भएको छ । तर ट्विटरमा भने लिचीको स्वाद निःशुल्क चाख्न पाईन्छ ।
ट्विटरमा लिचीको निःशुल्क स्वाद चाख्नेहरुका ट्विट पढौं ।
लिचीको स्वाद ट्विटरमा चाहिँ अझै मिठो रहेछ । हैन त ?
लिचीको स्वाद मन पराउनेलाई यहाँ क्लिक गरेर भेट्न सकिन्छ ।
ट्विटरमा लिचीको निःशुल्क स्वाद चाख्नेहरुका ट्विट पढौं ।
@dh_ajaya साँच्चै लण्डनमा लिचि पाईन्छ की पाईंदैन, पाईन्छ भने लौ न नेपालमा किनेर खान नसकिनी भैयो, लण्डने लिची आयात गर्ने व्यवस्था गरुम ।
— Navaraj Dhungana (@setohabsi) June 3, 2014
नेपाली लिच्ची रू १२० प्रति किलो
पातै पात भएको
इन्डियन लिची रू १६० प्रति किलो
हांगा मात्र भएको
(पात ओइलाएर निकालेको?)
बिदेशी चलखेल
— रबि (@__RABI_) June 3, 2014
स्कुल पढ्दा
१ रुप्पेको ४ वटा आउथियो ।।
अहिले
१० रुप्पे को ३ वटा आउछ ।।
#लिच्ची
— ©उज्ज्वल उज्ज्वल (@Uzzwal999) June 3, 2014
लिच्ची खान त मिठै हो,ताछ्नै झ्याउ लाग्नी के..!
— पेशल पोखरेल (@peshalbro) June 3, 2014
लिचि भित्र किरा कसरी पस्यो र
जेरीमा गुलियो कहाँ बाट आयो ।
उस्तै लाग्च मलाई :D
— सुजनचन्द्र पौडेल (@SujanPoudel) June 3, 2014
भंगेरोको आफ्नै बारीमा फलेको लिच्ची cc @beingsparrow pic.twitter.com/99UsWxQ0cv
— सान्दाजु (@sandaju_k) May 30, 2014
हिम्मत जुटाएर 1पाउ लिच्चि किन्न गाको...साला!रुख सहित जोख्दोरच।1भेट्नो चढ्याथ्यो तैनि 1पाउ भन्दा बढि भयो भनेर लिच्चि चुँढाएर डाँठ मात्र दियो।
— Suman (@rocks_pokharel) June 3, 2014
फुर्ति लायो भन्लान यस्पालि लिची चोरेर हैन किनेर खाको त्यो पनी 60 रुपयाँ केजि को दरमा । अगिल्लो अगिल्लो चोटी भनी चोरीन्थो :D
— खिन्ते© (@shadowofnepal) June 3, 2014
हाम्रो गाउँघरमा काक्रो, आँप, लिची चोर्नेहरु हुन्थे । तर यता शहरमा त ट्विट चोरेर पत्रिकामा छपाउँदा रहेछन् ।
— Sunita (@Fuchchisunita) May 30, 2014
लिच्ची फल त्यती मिठो लाग्दैन मलाई अझ किनेर खाने हो भने त कहिले खादिन पनि होला।।।
— Cool Girl (@tandukar101) June 2, 2014
लिच्ची लिच्ची भन्दा त झट्ट याद आयो :) उ बेला मा मकै वारि भित्र लुक्दै असिन पसिन हुँदै मिलिजुली खाएको :)
— बराल केटो (@to_baral) June 3, 2014
बुढीले पठाइदेको लिची फिरिजमा हालेर चिसो बनार खानपर्ला भनेको त सहायक केटोले वरपरका सबै दिदीहर्लाई बाडेर मरेच । काम साँची आफु, खाना साचि अरू!
— मान्ठा (@iMaanthaa) June 3, 2014
आलु जे मा पनी मिसाउन मील्छ भन्थे के रे ! अलीकती लीची र आलु मीलाएर चप बनाएर खान पर्यो :-)
— परदेशी (@gp_yatri) June 3, 2014
देउताले लिच्चिको आविष्कार April1मा गरेको हुनुपर्छ...चकलेटको खोलमा ढुङ्गा हालेझैँ देउताले लिच्चि भित्र त्यत्रो ठूलो गेडा हालेर झुक्काइदिए। :D
— Suman (@rocks_pokharel) June 3, 2014
लिचीको स्वाद ट्विटरमा चाहिँ अझै मिठो रहेछ । हैन त ?
लिचीको स्वाद मन पराउनेलाई यहाँ क्लिक गरेर भेट्न सकिन्छ ।
No comments:
Post a Comment